बेनी-जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध

हिमाल प्रेस ६ भदौ २०८३ ८:०४ | Saturday, August 22, 2026
बेनी-जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध

म्याग्दी- बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब ०५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

यस्तै बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीकै रघुगंगा गापा ०२ बैसेरी स्थितमा पनि बिहान करिब ०५:३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

 

प्रकाशित: ६ भदौ २०८३ ८:०४ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast