रसुवाको टिमुरेमा रहेको सशस्त्र प्रहरीको टोली नै सम्पर्कविहीन

हिमाल प्रेस १० भदौ २०८३ १०:५७ | Wednesday, August 26, 2026
रसुवाको टिमुरेमा रहेको सशस्त्र प्रहरीको टोली नै सम्पर्कविहीन

काठमाडौँ- भीषण बाढीका कारण रसुवाको टिमुरेमा रहेको सशस्त्र प्रहरीको टोली नै सम्पर्कविहीन बनेको छ। सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपछि टोलीसँग सम्पर्क हुन सकेको छैन।

‘हाम्रो टोली सम्पर्कमा छैन, सम्पर्क गर्ने प्रयास जारी छ, थप भन्न सक्ने अवस्था छैन।’ उनले भनेका छन्। भीषण बाढीका कारण जनधनको क्षति भएको आशंका छ। अहिले पनि बाढीको जोखिम रहेकाले सचेत रहन सरकारले अनुरोध गरेको छ।

प्रकाशित: १० भदौ २०८३ १०:५७ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast