मापसे गरेका भारतीय चालकले चलाएको ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ घाइते

हिमाल प्रेस २१ साउन २०८३ ७:१२ | Thursday, August 6, 2026
8
SHARES
मापसे गरेका भारतीय चालकले चलाएको ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ घाइते

काठमाडौँ- पर्साको वीरगन्ज महानगरपालिका –२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्याँस ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन्। बुधबार राति करिब ८:०० बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे १४ जीइ ८७१० नम्बरको ग्याँस ट्यांकरले पछाडिबाट ठक्कर दिएको नेपाल प्रहरीको केन्द्रीय समाचार शाखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेहरुलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा लगि उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएको ग्याँस ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिईएको छ । चालक देश भारत, मुजफ्फरपुर जिल्ला साहेबगञ्जका अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन् । चालकले मादक पदार्थ समेत सेवन गरेको स्वास्थ्य परीक्षण पश्चात खुल्न आएको छ ।

प्रकाशित: २१ साउन २०८३ ७:१२ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast