पाँचथरमा रेबिजबाट ३६ पशुचौपायाको मृत्यु

हिमाल प्रेस ५ भदौ २०८३ ६:२६ | Friday, August 21, 2026
पाँचथरमा रेबिजबाट ३६ पशुचौपायाको मृत्यु सांकेतिक तस्बिर।

पाँचथर- पाँचथरमा रेबिज संक्रमणका कारण हालसम्म ३६ वटा पशुचौपायाको मृत्यु भएको छ।

फिदिम, फाल्गुनन्द, हिलिहाङ, कुम्मायक र याङवरकमा संक्रमण फैलिएपछि व्यापक खोप अभियान सञ्चालन गरिएसँगै अवस्था नियन्त्रणउन्मुख भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार सबैभन्दा बढी फाल्गुनन्द गाउँपालिकामा क्षति भएको छ।

त्यहाँ एक संक्रमित कुकुरले एकै दिन २२ पशुचौपाया र चार जनालाई टोकेको थियो। पाँच जना मानिसले पनि रेबिजविरुद्धको उपचार गराइरहेका छन्।

केन्द्रका निमित्त प्रमुख निरजकुमार भट्टराईले ‘फिदिम र फाल्गुनन्दबाहेकका क्षेत्र अहिले जोखिममुक्त छन्’ भन्दै प्रभावित क्षेत्रमा खोप अभियान अझै जारी रहेको बताए।

प्रकाशित: ५ भदौ २०८३ ६:२६ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast