बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस ५ भदौ २०८३ ६:४३ | Friday, August 21, 2026
बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज- बाँके प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका २२ प्रतिवादीलाई एक साताको अवधिमा पक्राउ गरेको छ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन २३ देखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाबाट एक लाख ६७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले ‘फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान निरन्तर चलिरहेको छ’ भन्दै पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको बताए।

पक्राउ परेका २२ जनालाई विभिन्न मुद्दामा अदालतले कुल चार वर्ष एक महिना १५ दिन कैद सजाय सुनाएको थियो।

प्रहरीले यस्तो अभियान गत वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित: ५ भदौ २०८३ ६:४३ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast