मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार

हिमाल प्रेस १२ भदौ २०८३ २०:०९ | Friday, August 28, 2026
मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण तनहुँ र चितवन सीमाना भएर बग्ने त्रिशूली नदीमा बुधबार दिउँसो बढेको पानीकाे बहाव र मुग्लिन पुल । तस्बिर : रासस

काठमाडौँ- रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि मोरङका १५ जना अझै सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट पुगेका १५ जना हालसम्म सम्पर्कविहीन रहेकाले निरन्तर खोजी भइरहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तीन जनालाई उद्घार गरी विभिन्न अस्पतालमा उपचार जारी रहेको जानकारी दिए।

उनका अनुसार हालसम्म सम्पर्क हुन नसकेकामा विराटनगर महानगरपालिका–७ का शिवशंकर गुप्ता र सोमप्रसाद कटेल, बेलबारी नगरपालिका–११ का अनुज धमला, सुन्दरहरैचा नगरपालिकाकी पुजा आचार्यसहित तीन वर्षीया छोरी, सूर्यबहादुर कार्की र भोजराज अधिकारी, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, शोना चेम्जोङ, देवीमाया तामाङ, पासाङ तामाङ, रङ्गेली नगरपालिका–६ का सुरज मण्डल, पथरी सनिश्चरे नगरपालिका–७ की रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम र विराटनगर–१ का दुर्गाप्रसाद पोखरेल छन्।

प्रकाशित: १२ भदौ २०८३ २०:०९ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast