रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

हिमाल प्रेस १० भदौ २०८३ १३:३६ | Wednesday, August 26, 2026
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

काठमाडौँ- रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन्।

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि उनीहरू सम्पर्क विहीन भएका हुन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन्।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन्।

सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ। रासस

प्रकाशित: १० भदौ २०८३ १३:३६ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast