रसुवा बाढीका घाइते १३ जनाको काठमाडौँका अस्पतालमा उपचार

हिमाल प्रेस १० भदौ २०८३ १६:३४ | Wednesday, August 26, 2026
रसुवा बाढीका घाइते १३ जनाको काठमाडौँका अस्पतालमा उपचार

काठमाडौँ- रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीमा घाइते भई उद्धारपछि काठमाडौँ ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले उद्धार गरिएकामध्ये नुवाकोटको विदुर नगरपालिका-५ का ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी, २४ वर्षीय विवेक कुमाल, ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, वर्ष नखुलेका कुशल मगर, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नामथर खुल्न नसकेका एक जना, ४० वर्षीय गिरिलाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेको बताए।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भदौ २०८३ १६:३४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast