एकैवर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी, दुई करोड २९ लाख ९८ हजार ६४३ रकम फिर्ता

हिमाल प्रेस १९ साउन २०८३ ७:२६ | Tuesday, August 4, 2026
10
SHARES
एकैवर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी, दुई करोड २९ लाख ९८ हजार ६४३ रकम फिर्ता

चितवन- जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ। पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिए। उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य पमा २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए।

अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे । अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यह गर्न उनले आग्रह गरे। उनले भने, ‘अनलाइनको माध्यमबाट ठगीएको महसुस भए नजिकको प्रहरीकोमा सम्पर्क गर्नुहुन अनुरोध छ।’

यस्तै गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन्। यसमध्ये ३७५ निवेदनको फछ्र्योट भएका छन्। पन्ध्र निवेदन बाँकी छन्। यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिए। उनका अनुसार अघिल्लो आव २०८१–०८२ मा यो संख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फछ्र्योट गरिएको छ। यसमध्ये १३ बाँकी थियो।

प्रकाशित: १९ साउन २०८३ ७:२६ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast