हेटौँडामा मृतकको पहिचानका लागि कक्ष सञ्चालन

हिमाल प्रेस १४ भदौ २०८३ १६:५६ | Sunday, August 30, 2026
हेटौँडामा मृतकको पहिचानका लागि कक्ष सञ्चालन

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाले रसुवामा गएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान सहज बनाउन ‘प्रोजेक्टर’ सहितको कक्ष सञ्चालनमा ल्याएको छ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले आजदेखि उक्त कक्ष सञ्चालनमा ल्याएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्।

उनका अनुसार कक्षमा प्रोजेक्टरमार्फत उद्धार गरिएका शवका उपलब्ध तस्बिर तथा विवरण देखाइने व्यवस्था गरिएको छ।

बाढीपछि सम्पर्कविहीन भएका परिवारले यहाँ उपलब्ध तस्बिर तथा विवरण हेर्न सक्नेछन्। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका कतिपय शवको तत्काल पहिचान हुन नसक्दा परिवार तथा आफन्तलाई समस्या भइरहेकाले यस्तो व्यवस्था गरिएको लामाले बताइन्।

प्रोजेक्टरमा उपलब्ध तस्बिर तथा विवरण सामूहिक रूपमा हेर्न सकिने भएकाले शवको पहिचान तथा यकिन गर्न सहयोग पुग्ने उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित: १४ भदौ २०८३ १६:५६ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast