काठमाडौँ- रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदिमा आएको बाढीबाट प्रभावितहरुको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालबाट टोली सहित १ हजार ५ सय भन्दा बढि सशस्त्र प्रहरीको जनशक्ति परिचालन भएको छ।उक्त क्षेत्रमा विपद् प्रतिकार्य वेश स्थापना गरी Backup Power supplies, Medical & Para Medics, Mass Casualty Vehicle, Dead Body Management(DBM) Experts, Camp Coordination And Camp Management(CCCM) Experts, Medical First Responder(MFR) Experts र गोताखोर एवं Swift Water Rescue तालिम प्राप्त सशस्त्र प्रहरी समेत खोज तथा उद्धारको लागि परिचालन गरिएको हो।
ध्वस्त संरचना खोजी तथा उद्धारसहितको परिचालित टोलीले विभिन्न संरचना तथा जलविद्युत परियोजनाहरु लगायतका प्रभावित स्थानहरुमा सम्पर्क विहिन भएकाहरुको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आईरहेको छ।
सशस्त्र प्रहरी बल, नेपालबाट K9(Dog Squad) र ६ वटा ड्रोनसहितको Drone Squad समेत परिचालन गरिएको छ।
परिचालित सो टोलीले लोकेट गरिएको १२ स्थानबाट ९८ वटा शव, ३० जना घाईते तथा ७३ जनाको समेत सकुशल उद्धार गरेको छ ।
बाढीमा परी घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन सशस्त्र प्रहरी बल नेपालको चिकित्सकसहितको टोलीले नुवाकोट जिल्लामा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवाको कार्य संचालन गरेको छ, भने बाढीमा परेकाहरुको तत्काल उपचारको लागि नेपाल एपीएफ अस्पतालमा १ सय वटा वेडहरु समेत खाली राखिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १ सय वटा वेड क्षमतासहितको Disaster Relief System(DRS) कन्टेनरहरू बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पुर्याउने कार्य समेत भईरहेको छ ।
साथै अन्य क्षेत्रमा रहेका (DRS) कन्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ । यसैगरी बाढीबाट प्रभावित क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत अन्य जिल्लास्थित सशस्त्र प्रहरी बलका युनिटहरुबाट समेत विपद् व्यवस्थापन तालिम प्राप्त थप जनशक्ति आवश्यक सामग्रीसहित परिचालन गरिएको छ ।


