स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनयन खेलाडीले किन बाँधे कालोपट्टी?

हिमाल प्रेस २८ असार २०८३ ७:३९ | Sunday, July 12, 2026
64
SHARES
स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनयन खेलाडीले किन बाँधे कालोपट्टी?

काठमाडौँ- अर्जेन्टिनाका फुटबल खेलाडीले फिफा विश्वकप २०२६ को स्विट्जरल्यान्डविरुद्धको खेलमा हातमा कालोपट्टि बाँधेका छन्। उनीहरूले पूर्वकप्तान एन्टोनियो राटिनको निधनप्रति शोक व्यक्त गर्न कालोपट्टि बाँधेर खेलेका हुन्।

अर्जेन्टिनाका फुटबल जगतका एक प्रभावशाली व्यक्तित्व र सन् १९६६ को फिफा विश्वकपमा टोलीको कप्तानी सम्हालेका राटिनको ८९ वर्षको उमेरमा जुलाई ११, २०२६ मा निधन भएको थियो। उनको सम्मानमा अर्जेन्टिनाको फुटबल संघले फिफाबाट विशेष अनुमति लिएर खेलाडीहरूलाई कालो पट्टि बाँध्ने निर्णय गरेको थियो। स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिना १–० ले अगाडि छ।

प्रकाशित: २८ असार २०८३ ७:३९ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast