कुन कम्पनीको सेयर मूल्य बढ्यो, कुनको घट्यो?

हिमाल प्रेस ५ साउन २०८३ १७:२८ | Tuesday, July 21, 2026
8
SHARES
कुन कम्पनीको सेयर मूल्य बढ्यो, कुनको घट्यो?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अंकले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अंकले घटेर ४७२.४२ अंकमा पुगेको छ। त्यस्तै फ्लोट सूचक ०.१९ अंकले बढेर १८६.६२ मा पुगेको छ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने स्थिर रहँदै १६०.०२ मा रहेको छ। मंगलबार विभिन्न कम्पनीका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर रु छ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मूल्यमा खरिद बिक्री भएका छन्।

विभिन्न १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ। मंगलबार १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ। त्यसैगरी, १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, कलङ्गा हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीको मूल्य बढेको छ भने नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पाेरेट डेभलमपेन्ट बैंकको सेयर मूल्य घटेको छ।

प्रकाशित: ५ साउन २०८३ १७:२८ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast