कुन बैंकका लगानीकर्ताले कमाए?

हिमाल प्रेस ६ साउन २०८३ १६:०० | Wednesday, July 22, 2026
6
SHARES
कुन बैंकका लगानीकर्ताले कमाए?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको छ।

फ्लोट सूचक शून्य दशमलव ७७ अंकले घटेर १८५ दशमलव ८५ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अंकले घटेर १५९ दशमलव ४३ मा रहेको छ।

आज विभिन्न कम्पनीका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर रु पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मूल्यमा खरिद बिक्री भएको छ।

तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ। आज ७७ कम्पनीको सेयर बढ्यो भने १९३ कम्पनीको सेयर घट्यो।

त्यसैगरी सात कम्पनीको सेयर स्थिर रह्यो। नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, भुगोल हाइड्रोपावर साल्पा विकास बैंकका लगानीकर्ताले कमाएका छन्।

त्यस्तै, गरी एनसिसी डिबेञ्जर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर, एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: ६ साउन २०८३ १६:०० | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast