‘मन विनाको धन–२’मा विपीनको प्रवेश, पूजासँग सहकार्य

हिमाल प्रेस १८ असार २०८३ ९:०३ | Thursday, July 2, 2026
2
SHARE
‘मन विनाको धन–२’मा विपीनको प्रवेश, पूजासँग सहकार्य

काठमाडौँ- फिल्म ‘मन विनाको धन–२’मा अभिनेता विपीन कार्की प्रवेश गरेका छन्। टंक बुढाथोकीको कथा तथा निर्देशन रहने फिल्ममा विपीन अनुबन्ध भएका हुन्। यो फिल्ममा नायिकातर्फ यसअघि नै पूजा शर्मा भित्रिसकेकी छन् । यी दुई कलाकारले पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ। विपिन र पूजासँगै महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन्।

‘मन विनाको धन–२’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो।

प्रकाशित: १८ असार २०८३ ९:०३ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast