आइतबार बिदा कार्यान्वयनमा यू–टर्न, वर्षे बिदा समायोजन गर्ने निर्णय

हिमाल प्रेस २१ असार २०८३ १५:२६ | Sunday, July 5, 2026
102
SHARES
आइतबार बिदा कार्यान्वयनमा यू–टर्न, वर्षे बिदा समायोजन गर्ने निर्णय

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले विद्यालयमा आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गरेपछि पुनः त्यसलाई फिर्ता लिँदै आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबारको बिदाका कारण पुगेको पठनपाठन दिनको क्षतिपूर्ति गर्न वर्षे बिदा समायोजन गर्ने निर्णयसमेत गरेको छ।

नगरपालिकाले असार ७ गते जारी गरेको पत्रमार्फत नेपाल सरकारको निर्णयअनुसार विद्यालयमा आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो। उक्त निर्णयअनुसार विद्यालयहरूमा आइतबार बिदा कार्यान्वयन गरिएको थियो।

तर, त्यसपछि नगर कार्यपालिकाको असार १५ गते बसेको बैठकले स्थानीय भौगोलिक अवस्था, वर्षायामका कारण विद्यालय नियमित सञ्चालनमा देखिएका समस्या तथा शिक्षण सिकाइमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आइतबारको बिदा स्थगित गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा असार १७ गते अर्को परिपत्र जारी गर्दै आगामी आइतबारदेखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको थियो।

नगरपालिकाले असार १९ गते पुनः जारी गरेको पत्रमा आइतबारको बिदाका कारण पुगेको पठनपाठन दिनको क्षतिपूर्ति गर्न पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरमा रहेको वर्षे बिदा समायोजन गर्ने जनाएको छ। यसअनुसार वर्षे बिदापछि विद्यालय खुल्ने मिति मिलान गरी असार १९ गतेदेखि वर्षे बिदापछि नियमित रूपमा पठनपाठन सञ्चालन हुने व्यवस्था मिलाउन सबै विद्यालयलाई अनुरोध गरिएको छ।

नगरपालिकाले सरकारको आइतबार बिदासम्बन्धी निर्णय कार्यान्वयन गरे पनि स्थानीय आवश्यकता र शैक्षिक गतिविधिलाई ध्यानमा राख्दै पुनः नियमित पठनपाठनमा फर्किने र त्यसको क्षतिपूर्ति वर्षे बिदा समायोजनमार्फत गर्ने नीति अपनाएको जनाएको छ।

प्रकाशित: २१ असार २०८३ १५:२६ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast