काठमाडौँ – प्रतिनिधिसभाको बैठकले ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’ गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतले स्वीकृत गरेको छ।
सभाको बुधबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक २०८२’ को प्रतिनिधिसभाबाट दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेका थिए भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्नुभएको थिए।
प्रकाशित: २४ असार २०८३ १६:१५ | Wednesday, July 8, 2026
प्रतिक्रिया




