प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक पेस

हिमाल प्रेस ६ जेठ २०८३ १४:४१ | Wednesday, May 20, 2026
प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक पेस

काठमाडौँ- सरकारले निर्वाचनसँग सम्बन्धीत दुई वटा विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली(पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको हो।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयकहरु प्रस्तुत गरिन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधिसभाको कार्यकाल पूरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनको लागि मतदाता नामावली संकलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्नेगरी ल्याएको अध्यादेशबमोजिमका व्यवस्थालार्ई प्रतिस्थापन विधेयकमार्फत कायम राख्न मतदाता नामावली सम्बन्धी विधेयक ल्याइएको जानकारी दिइन्।

त्यस्तै जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताइन्। प्रतिनिधसभाको अर्को बैठक बिहीबार बोलाइएको छ।

प्रकाशित: ६ जेठ २०८३ १४:४१ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast