सोमबार, ४ साउन २०८३ (२० जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। रोकिएका काम पुनः प्रयास गर्दा सफलतापूर्वक सम्पन्न हुनेछन्। मानसिक शान्ति र धैर्यका साथ अघि बढ्दा अधिकांश काम सहजै पूरा हुनेछन्।
भाग्यशाली रङ हरियो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
वृष: लाभहानि र आयव्यय सन्तुलित रहनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। पर्यटकीय भ्रमणले नयाँ ऊर्जा दिनेछ। सकारात्मक सोच राख्नेहरूका लागि क्रमशः लाभ बढ्दै जानेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६४, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
मिथुन: काममा केही अवरोध आउन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनुहोस्। उत्साह केही घटे पनि साँझतिर सहयोगीहरू भेटिनेछन्। शुभ समाचारले मन प्रसन्न बनाउनेछ।
भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ७३, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
कर्कट: आफन्तको सल्लाह, सहयोग र हौसलाले काम अघि बढ्नेछ। रमणीय यात्राको अवसर मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। अनुभवी व्यक्तिसँगको सहकार्य फलदायी रहनेछ। बोलीमा भने संयम अपनाउनु राम्रो हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ६४, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
सिंह: धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। प्राविधिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। ज्ञान र अध्यात्मप्रतिको रुचि बढ्नेछ। टाढाको यात्रा वा स्थानान्तरणको सम्भावना छ।
भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५७, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
कन्या: रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन लाभ मिल्न सक्छ। प्रेम सम्बन्ध सकारात्मक रहनेछ। व्यापारिक गतिविधिप्रति रुचि बढ्नेछ। गोप्य रूपमा गरिएको प्रयास सफल हुने सम्भावना छ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: बोलीमा हतार गर्दा अप्ठ्यारो पर्न सक्छ। यात्रा तथा आतिथ्यमा खर्च बढ्ने सम्भावना छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोस्। सामान हराउने वा अनावश्यक खर्च बढ्ने संकेत देखिन्छ।
भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ५०, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४३ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक: आफ्नै दक्षताले महत्त्वपूर्ण काम सम्पन्न हुनेछन्। मनोरञ्जन र रमाइलो वातावरणमा समय बित्नेछ। प्राविधिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। ‘फरक सोचले नै फरक सफलता मिल्नेछ’ भन्ने विचार राख्नुहोला।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६१, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
धनु: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मेहनतको उचित मूल्याङ्कन हुनेछ। जोस, जाँगर र उत्साह बढ्नेछ। आफन्त र मित्रहरूको सहयोगले महत्त्वपूर्ण काम सफलतापूर्वक सम्पन्न हुनेछन्।
भाग्यशाली रङ सेतो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६३, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
मकर: समय सामान्य रहनेछ। सहयोग गर्ने व्यक्तिहरू प्रशस्त भेटिनेछन्। कार्यक्षेत्रमा अरूका व्यवहारले मन खिन्न हुन सक्छ, त्यसैले संयमता अपनाउनु बुद्धिमानी हुनेछ। ‘असफलता पनि सिकाइ हो’ भन्ने मन्त्र मनन गर्नुहोला।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७०, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कुम्भ: निर्णय कार्यान्वयनमा केही ढिलाइ हुन सक्छ। काममा अवरोध आउँदा धैर्य आवश्यक हुनेछ। यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ। साँझतिर टाढाका आफन्तसँग सम्पर्क वा भेटघाटको अवसर मिल्नेछ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४८, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
मीन: बुद्धिको सही प्रयोगले जटिल कामसमेत सहज रूपमा सम्पन्न हुनेछ। पुरानो साथीसँग भेट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। लगनशीलता र मेहनतको मूल्याङ्कन हुने समय छ।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६९, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

