गणेश नेपालीको परिवारलाई कांग्रेस नेता बस्नेतले गरे आर्थिक सहयोग

हिमाल प्रेस २८ असार २०८३ १६:०३ | Sunday, July 12, 2026
12
SHARES
गणेश नेपालीको परिवारलाई कांग्रेस नेता बस्नेतले गरे आर्थिक सहयोग

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

आइतबार मृतक नेपालीका परिवारलाइ भेट्न पगेका नेता बस्नेतले मृतककी आमालाई भेटेर अर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको अर्थिक अवस्था कमजोर रहेको कारण आफूले तत्काल नगद १ लाख सहयोग गरेको बताए।

उनले मृतक नेपालीको बच्चालाइ महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत वचन दिए। नेता बस्नेतले यसअघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौँ ल्याएर पढाएको समेत जानकारी गराए।

नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तर्राष्ट्रिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे। उनले सवारी सधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

नेता बस्नेतले सरकारले बास्तविक सुकुम्वासीहरुको पहिचान गरेर व्यबस्थापन गर्न नसकेको टिप्पणी गरे। उनले सरकारले सय दिनमा प्रणालीलाइ भत्काउने काम गरेको आरोपसमेत लगाए।

नेता बस्नेतले सरकार सय दिनमा प्रतिशोध साँध्ने कुरामा बढी केन्द्रीत भएको उल्लेख गर्दे जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गरे।

प्रकाशित: २८ असार २०८३ १६:०३ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast