दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

हिमाल प्रेस १० साउन २०८३ १४:१० | Sunday, July 26, 2026
दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ- राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका-२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो।

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए। निजलाई उद्धार गरी अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: १० साउन २०८३ १४:१० | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast