धनुषामा गोली चल्यो

हिमाल प्रेस ८ साउन २०८३ १६:०९ | Friday, July 24, 2026
18
SHARES
धनुषामा गोली चल्यो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- प्रहरीले गोली चलाएर धनुषाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मधुबनी जिल्ला बासोपट्टी थाना बस्ने ४५ वर्षीय मिथिलेश साह र २८ वर्षीय सन्तोष महतो रहेका छन्।

प्रहरीले उनीहरूलाई जनकपुरधाम–ढल्केबर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ बस्सी खोलानजिकबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुन न्यौपानेले प्रहरी टोलीलाई देखेर भाग्न खोजेपछि हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको बताए।

उनीहरूको साथबाट ९५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ साउन २०८३ १६:०९ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast