सिंहदरबारबाट सात जना पक्राउ

हिमाल प्रेस ३१ असार २०८३ १३:४० | Wednesday, July 15, 2026
18
SHARES
सिंहदरबारबाट सात जना पक्राउ

काठमाडौँ- सरकारको विभिन्न कार्यशैलीविरुद्ध सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका सात जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहानै सिंहदरबार पुगेका थिए। उनीहरूले पर्चा पम्प्लेटसहित दक्षिण गेटमा प्रदर्शन गरेका छन्।

उनीहरूमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेताहरू रहेका छन्।

भट्टराईका अनुसार उनीहरूलाई सिंहदरबार वृत्तिमा राखिएको छ।

प्रकाशित: ३१ असार २०८३ १३:४० | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast