पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न सरकार चुकेको छ : शंकर पोखरेल

हिमाल प्रेस १५ साउन २०८३ १६:५४ | Friday, July 31, 2026
6
SHARES
पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न सरकार चुकेको छ : शंकर पोखरेल

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका विभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन्।

एमाले काठमाडौँ महानगर कमिटीले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको आरोप लगाए।

उनले राजनीतिक दलहरुको सहयोग माग्नुपर्ने विषयमा सरकार र सरकारका मन्त्रीहरु चाहिँ गम्भीर रुपमा उदासिन देखिएको बताए। त्यस्तै उनले अघिल्लो सरकारले गरेका नियुक्तिहरू अध्यादेशमार्फत खारेज गरेर नयाँ सरकारले आफ्ना समर्थक र तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूलाई भर्ती गरिरहेको भन्दै आलोचना गरे।

विगतका कमीकमजोरीबाट शिक्षा लिएर अब एमालेलाई देशको बलियो र जनताको रोजाइको पार्टी बनाउने उनको भनाइ छ।

महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको विशेषतासहितको रूप पक्षमा मात्र नभई अब सार पक्षमा जोड दिएर समाजवाद निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

प्रकाशित: १५ साउन २०८३ १६:५४ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast