सेयर बजारबारे फैलिएका हल्ला भ्रामक

हिमाल प्रेस १ साउन २०८३ १०:४७ | Friday, July 17, 2026
4
SHARES
सेयर बजारबारे फैलिएका हल्ला भ्रामक अर्थमन्त्री डा. स्वर्णिम वाग्ले/फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारबारे भ्रामक तथा प्रायोजित हल्ला फैलाएर लगानीकर्तालाई भ्रमित पार्ने प्रयास भइरहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरिने जनाएको छ।

नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन जारी अपिलमा सचिवालयले नियामक निकायको दुरुपयोग गर्दै बजारमा वितण्डा मच्चाउने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गरेको छ। निश्चित व्यक्तिलाई पक्राउ गर्न लागिएको वा अनुसन्धान भइरहेको भन्ने चर्चा पनि प्रायोजित हल्लामात्र भएको स्पष्ट पारेको छ।

सेयर बजारसम्बन्धी सूचना क्लब हाउस, ह्वाट्सएप वा अन्य सामाजिक सञ्जालका समूहबाट नभई आधिकारिक सरकारी निकायबाट मात्र लिन लगानीकर्तालाई सचिवालयले आग्रह गरेको छ। हल्लाका आधारमा निर्णय नगरी पर्याप्त अध्ययनपछि मात्रै लगानी गर्न पनि सुझाव दिएको छ।

सचिवालयका अनुसार अर्थतन्त्रका अधिकांश सूचक सुधारोन्मुख छन्। बजारमा पर्याप्त तरलता, घट्दो ब्याजदर, स्थिर सरकार र नियामक निकायमा भइरहेको सुधारलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै लगानीकर्तालाई अनावश्यक त्रासमा नपर्न आग्रह गरिएको छ।

प्रकाशित: १ साउन २०८३ १०:४७ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast