रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस ११ साउन २०८३ २०:०५ | Monday, July 27, 2026
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

साउन १३ गते बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो।

पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार केन्द्रीय समिति बैठक साउन १३ गते बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा छलफल गर्न पाँचवटा एजेन्डा तय गरिएको छ।

सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन बैठकका एजेन्डा रहेका छन्।

प्रकाशित: ११ साउन २०८३ २०:०५ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast