आन्दोलनरत ककरोच पार्टी वार्तामा बस्न तयार

हिमाल प्रेस ८ साउन २०८३ १४:१७ | Friday, July 24, 2026
2
SHARE
आन्दोलनरत ककरोच पार्टी वार्तामा बस्न तयार

नयाँदिल्ली- भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र बाहिएको घटनापछि जारी युवा नेतृत्वको ककरोच जनता पार्टी शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई शीघ्र कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच संवादको वातावरण बनेको हो।

मेडिकल प्रवेश परीक्षा तथा उच्च माध्यमिक तहको अनलाइन मूल्यांकन प्रणालीमा देखिएको त्रुटिपछि देशभर शिक्षा प्रणालीप्रति असन्तुष्टि बढ्दै गएको छ।

सामाजिक सञ्जालमार्फत सक्रिय ककरोच जनता पार्टी (सिजेपी) ले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको छ। यसअघि शिक्षामन्त्रीले राजीनामा दिइसकेका छन्।

सिजेपीका प्रवक्ता सौरभ दासले सरकारसँग हुने वार्तामा आन्दोलनका माग विस्तृत रूपमा प्रस्तुत गरिने बताए।

उनले लामो समयदेखि सडकमा उत्रिएका नागरिकहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्ने अपेक्षा व्यक्त गरे।

प्रधानमन्त्री मोदीले बिहीबार राति सामाजिक सञ्जालमार्फत मन्त्रिमण्डलले परीक्षा प्रश्नपत्र बाहिरिनमा संलग्न व्यक्तिविरुद्ध कानूनी कारबाहीलाई तीव्र बनाउने उपायमाथि छलफल गर्ने जानकारी दिएका थिए।

उनका अनुसार सम्बन्धित मन्त्रीहरूको सुझाव समेटेर विधेयकलाई अन्तिम रूप दिइनेछ र त्यसलाई यथाशीघ्र संसद्मा प्रस्तुत गरी पारित गराउने प्रयास गरिनेछ।

प्रधानमन्त्रीको यो सक्रियता शिक्षा सुधारको माग गर्दै आन्दोलनरत विद्यार्थी, नागरिक समाज तथा विभिन्न समूहबाट बढ्दो दबाबबीच आएको हो।

यसैबीच आन्दोलनको समर्थनमा २६ दिनदेखि अनशनरत रहेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार राति भोक हडताल अन्त्य गरेका छन्।

प्रकाशित: ८ साउन २०८३ १४:१७ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast