अर्गानिक वस्तुको प्रवर्द्धनमा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ७ साउन २०८३ १४:४३ | Thursday, July 23, 2026
6
SHARES
अर्गानिक वस्तुको प्रवर्द्धनमा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री बालेन।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक वस्तुको प्रवद्र्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्गानिक वस्तुको प्रवद्र्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका हुन्।

छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक वस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनुपर्नेलगायतका विषय उठाएका थिए।

जवाफमा प्रधानमन्त्री शाहले निर्यातका लागि प्रमाणपत्र जारी गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउन आवश्यक ऐन कानून संशोधन र निर्माणमा लाग्न तत्काल सचिवालयलाई निर्देशन दिएको संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिए।

अर्गानिक वस्तुमा पाइरहेको अनुदान अहिले रोकिएकोमा त्यस विषयमा पनि लिखित जानकारी गराइएको उनले बताए।

नेपालमा उत्पादित अर्गानिक वस्तुको अन्तर्राष्ट्रिय बजारमा धेरै माग रहेकाले उत्पादन र बजारीकरणमा ध्यान दिन आफूहरुले सुझाव दिएको संघका अध्यक्ष बास्कोटाले बताए।

उनले आफूहरुले राखेका विषयमा प्रधानमन्त्री निकै सकारात्मक भएको उल्लेख गरे। प्रधानमन्त्री शाह नेपालमा उद्योग, व्यवसाय प्रवद्र्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन्।

प्रकाशित: ७ साउन २०८३ १४:४३ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast