काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांगठनिक सुदृढीकरण, आन्दोलन र पार्टी निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार जनकपुरमा नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले मधेशमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्ने, अन्यथा ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको समेत बताए।
प्रचण्डले पार्टीभित्र कार्यविभाजन र जिम्मेवारी बाँडफाँडमा केही तलमाथि परेको स्वीकार गरे।
उनले नेता तथा कार्यकर्ताहरूका गुनासो र असन्तुष्टिलाई कार्यविभाजन पुनरावलोकन गरी मिलाउने प्रतिबद्धता जनाए।
प्रकाशित: ६ साउन २०८३ १५:३१ | Wednesday, July 22, 2026
प्रतिक्रिया

