नेप्से २४.५७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ४४ करोड रुपैयाँ

हिमाल प्रेस २३ असार २०८३ १६:१५ | Tuesday, July 7, 2026
12
SHARES
नेप्से २४.५७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ४४ करोड रुपैयाँ सेयर बजार

 काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २४.५७ अंकले बढेर २,६५१.६८ विन्दुमा बन्द भएको छ।

कारोबार सुरु भएदेखि नै बजारमा सकारात्मक माहोल देखिएको थियो। कारोबार सुरु भएको करिब एक घण्टापछि परिसूचक केही समयका लागि नकारात्मक क्षेत्रमा पुगे पनि त्यसपछि पुनः सुधार हुँदै दिनभर सकारात्मक अवस्थामा कायम रह्यो। कारोबार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ०.९३ प्रतिशतले बढेको थियो।

लगानीकर्ताको मनोबल सकारात्मक रहँदा २१० कम्पनीको सेयर मूल्य बढ्यो भने ५७ कम्पनीको घट्यो। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। यस दिन ७२ हजार २२ वटा कारोबारमार्फत ९५ लाख १० हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

व्यक्तिगत कम्पनीतर्फ कालंगा हाइड्रो लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले बढ्यो। त्यसपछि आरबीबी फोकस ४० १३.८५ प्रतिशत र सानीगाड हाइड्रो लिमिटेड १०.५७ प्रतिशतले उकालो लागे।

सबैभन्दा धेरै घट्ने कम्पनीमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रह्यो। यसको सेयर मूल्य १३.७८ प्रतिशतले घट्यो। त्यसपछि १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९० ७.९९ प्रतिशत र स्नो रिभर्स लिमिटेड ५.१३ प्रतिशतले घटे।

कारोबार रकमका आधारमा १० प्रतिशत केबीएल डिबेन्चर २०९० शीर्ष स्थानमा रह्यो। यसको २० करोड ७५ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भयो।

त्यसपछि १०.३५ प्रतिशत एडीबीएल डिबेन्चर २०८३ को १७ करोड ९२ लाख ७० हजार रुपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेड को १६ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार सबै उपसमूहका परिसूचक हरियालीमा बन्द भए। सबैभन्दा बढी ट्रेडिङ उपसमूह १.८९ प्रतिशतले बढ्यो। त्यसपछि बैंकिङ उपसमूह १.५२ प्रतिशत र विकास बैंक उपसमूह १.१३ प्रतिशतले वृद्धि भएका छन्।

प्रकाशित: २३ असार २०८३ १६:१५ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast