टेलिकमको बिलिङ प्रणालीसम्बन्धी भ्रष्टाचार मुद्दा : सबैले पाए सफाइ (फैसलासहित)

हिमाल प्रेस २५ असार २०८३ १८:४३ | Thursday, July 9, 2026
14
SHARES
टेलिकमको बिलिङ प्रणालीसम्बन्धी भ्रष्टाचार मुद्दा : सबैले पाए सफाइ (फैसलासहित)

काठमाडौँ- विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले यो मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको हो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडीलगायतले सफाइ पाएका छन्।

‘…टेलिकमका सम्बद्ध कर्मचारी सम्झौतामा संलग्न प्रबन्ध निर्देशकलगायतका पदाधिकारीले नेपाल टेलिकमलाई गैरकानुनी हानी नोक्सानी पु¥याउने वा आफूलाई लाभ पुर्‍याउने बदनियतले काम गरेको भन्न मिलेन,’ फैसलामा भनिएको छ,‘साथै एसिया इन्फोका सम्बद्ध पदाधिकारीहरुले नेपाल टेलिकमका पदाधिकारीहरुसँग मिलेमतो गरी नेपाल टेलिकमलाई हानी नोक्सानी पुर्‍याउने बदनियतले काम गरेको समेत पुष्टि हुन सकेको देखिएन।’

 

प्रकाशित: २५ असार २०८३ १८:४३ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast