सामाजिक सद्भाव कायम राख्न मकवानपुर प्रशासनको आग्रह

हिमाल प्रेस १५ साउन २०८३ ५:४९ | Friday, July 31, 2026
12
SHARES
सामाजिक सद्भाव कायम राख्न मकवानपुर प्रशासनको आग्रह तस्बिर एआई निर्मित

हेटौँडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी अपिलमा सुनसरीसहित विभिन्न जिल्लामा भएका झडप र प्रदर्शनका कारण अप्रिय घटना हुन नदिन सबै समुदायले संयमता अपनाउनुपर्ने उनले बताएका छन्।

धार्मिक गतिविधि सञ्चालन गर्दा अन्य समुदायलाई असर पर्ने गरी लाउडस्पिकर, माइक वा साउण्ड बक्स प्रयोग नगर्न पनि प्रशासनले आग्रह गरेको उनले बताएका छन्।

प्रकाशित: १५ साउन २०८३ ५:४९ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast