‘संस्थापनइतर समूहका नेताहरूमा विवेकको कमी महसुस भएको छ’

हिमाल प्रेस ७ साउन २०८३ १६:१० | Thursday, July 23, 2026
18
SHARES
‘संस्थापनइतर समूहका नेताहरूमा विवेकको कमी महसुस भएको छ’

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापनइतर समूहका नेताहरुको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भएको टिप्पणी गरेका छन्।

बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा नेता आङदेम्बेले विभिन्न डबलीहरूमा सुनिएका विचारहरूमा तर्क र विवेकको कमी महसुस भएको भन्दै विवेक र तर्क हराएर अहंकार र गालीमा रूपान्तरित भएको उल्लेख गरे।

उनले राजनीतिलाई व्यापार वा लाभ–हानीको हिसाबबाट मुक्त गरी निस्वार्थ सेवामा रूपान्तरित गर्नु आजको पुस्ता र नेतृत्वको मुख्य कर्तव्य भएको धारणा राखे। राजनीतिको वास्तविक धरातल गरिब, निमुखा, श्रमजीवी, किसान र इमानदार कार्यकर्ता भएको उनको भनाइ छ।

उनले कांग्रेसको नेतृत्वले नै देशको काचुली फेर्ने र मुलुकलाई समृद्ध बनाउने उल्लेख गर्दै कार्यकर्ता र जनताको विश्वासलाई सदैव जीवन्त राख्ने प्रण गरे।

त्यस्तै नेता आङदेम्बेले पार्टी र देशलाई अघि बढाउन ऐतिहासिक निर्णय गर्ने समय आएको धारणा राखे।

प्रकाशित: ७ साउन २०८३ १६:१० | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast