कोशीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस १३ साउन २०८३ १२:३५ | Wednesday, July 29, 2026
4
SHARES
कोशीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक मुख्यमन्त्री हिक्मतकुमार कार्की

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गरेका छन्। सुनसरीमा भएको घटनाका विषयमा लिएर छलफल गर्न उनले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो।

बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनेछन्। बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनको लागि अगाडि बढाउने तयारी छ।

प्रकाशित: १३ साउन २०८३ १२:३५ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast