केही महिनामा नै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ : उद्योगमन्त्री

हिमाल प्रेस २३ असार २०८३ १४:४२ | Tuesday, July 7, 2026
10
SHARES
केही महिनामा नै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ : उद्योगमन्त्री

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने बताएकी छन्।

राष्ट्रियसभा बैठकमा मंगलबार सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन्।

उनले अर्थ मन्त्रालयबाट उद्योग मर्मतका लागि ३३ लाख बजेट निकासा भई काम भइरहेको बताइन्। उनले सरकारले उक्त उद्योगलाई अघि बढाउने काममा विशेष ध्यान दिएको पनि बताइन्।

मन्त्री कुमारीले भनिन्,‘हेटौँडा कपडा उद्योगका लागि ३३ लाख बजेट निकासाको लागि अर्थ मन्त्रालयमा लेखी पठाएको थिएँ, जुन निकासा भइसकेको छ र उद्योगमा गइसकेको छ। त्यहाँको मर्मत कार्य पनि अगाडि बढिसकेको छ। केही महिनामा नै त्यो उद्योग सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।’

प्रकाशित: २३ असार २०८३ १४:४२ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast