सरकारले हतार गरेर शिक्षा ऐन ल्याउँदैन : शिक्षामन्त्री पोखरेल

हिमाल प्रेस ३२ असार २०८३ १६:३६ | Thursday, July 16, 2026
1.2k
SHARES
सरकारले हतार गरेर शिक्षा ऐन ल्याउँदैन : शिक्षामन्त्री पोखरेल शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले दीर्घकालीन सोचका साथ शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताएका छन्।

उनले हतारमा ऐन ल्याउनेभन्दा आगामी ५० वर्षसम्मको शैक्षिक आवश्यकता र प्रविधिको विकासलाई मध्यनजर गर्दै समग्र शिक्षा प्रणालीलाई समेट्ने गरी विधेयक तयार पारिने बताए।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले भने,‘एक-दुई वर्षको समस्या हेरेर होइन आगामी ५० वर्षसम्मको आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राखेर शिक्षा ऐन ल्याउनुपर्छ। सकेसम्म शिक्षा विधेयक चाँडै आउँछ तर हतार गरेर शिक्षा ऐन आउँदैन।’

उनले पाठ्यक्रमलाई समयानुकूल बनाउन कार्यदल गठन गरेर परिमार्जनको काम अघि बढाइएको जानकारी दिए। शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन भइरहेको पनि बताए।

मन्त्री पोखरेलका अनुसार सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्न वैज्ञानिक ढंगले विद्यालयहरूको नक्सांकन गरी आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ।

उनले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिने बताए। उनले भने,‘शिक्षामा आज गरिएको लगानीको प्रतिफल २० वर्षपछि मात्रै देखिन्छ।’

प्रकाशित: ३२ असार २०८३ १६:३६ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast