गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने

हिमाल प्रेस २३ असार २०८३ २१:४४ | Tuesday, July 7, 2026
10
SHARES
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने

पोखरा- गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा प्राडा. कुसुमकुमार न्यौपाने नियुक्त भएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्वत जिल्लाको पैयुँ स्थायी घर भएका प्राडा. न्यौपानेलाई मंगलबार आगामी ४ वर्षका लागि कुलपति नियुक्त गरेका हुन्।

पोखराको पृथ्वीनारायण क्याम्पस नेपाली विभागका विभागीय प्रमुख न्यौपाने हाल अध्यापनबाट सेवानिवृत्त छन्। उनी नेपाली गीतसंगीत एवं कला, संस्कृतिका जानकार मानिन्छन्।

लामो समयदेखि गण्डकी प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीविहीन हुँदैआएको थियो। संस्थापक कुलपति सूर्य खड्का बिखर्चीको कार्यकाल सकिएको १ वर्ष बितिसकेको छ।

गण्डकी प्राज्ञ–प्रतिष्ठान ऐन, २०७६ को दफा ८ (१) बोजिम सिफारिस समितिको सिफारिस आधारमा साहित्य, संगीत, भाषा, बाद्यवादन, चित्रकला, मूर्तिकला, चलचित्र, अभिनय, गायन, रचना, संस्कृति, लोकदोहोरी क्षेत्रको प्रतिनिधित्व हुने गरी २४ प्राज्ञ सभाको सदस्य मनोनयन गरिएको थियो।

तीमध्येबाट प्राडा. न्यौपाने कुलपति, उपकुलपतिमा शंकर विरही गुरुङ (स्याङ्जा) र सदस्य–सचिवमा मनकुमार श्रेष्ठ (तनहुँ) ले जिम्मेवारी पाएका छन्।

प्रज्ञासभा सदस्यहरुमा कास्कीका अनुराग अधिकारी, गायत्री पराजुली, चोलेन्द्र पौडेल, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, रामभक्त जोजिजु, रामजीप्रसाद पौडेल र हरिमाया श्रेष्ठ छन्।

यसैगरी, पर्वतबाट इन्द्रमान खत्री, कृष्णकुमार गुरुङ, शान्ति भुषाल, नवलपुरका ईश्वरीप्रसाद भुषाल, सञ्जु महतो थनेत, तनहुँका प्राडा. ईश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य, शान्ता बास्तोला छन्।

स्याङ्जाका कमल पौडेल ‘अथक’, म्याग्दीका भूपेन्द्र बानियाँ, लमजुङका बसन्त अधिकारी र गोरखाका डा. वीरेन्द्र पुडासैनी पनि प्राज्ञसभा सदस्य मनोनीत भए।

प्रकाशित: २३ असार २०८३ २१:४४ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast