बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

हिमाल प्रेस ३० असार २०८३ २१:११ | Tuesday, July 14, 2026
14
SHARES
बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

काठमाडौँ – नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ।

इन्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ मूल्य तोकेको छ।

निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो।

प्रकाशित: ३० असार २०८३ २१:११ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast