ओढारमा चार नाल भरुवा बन्दुक बरामद

हिमाल प्रेस ४ साउन २०८३ ९:०७ | Monday, July 20, 2026
10
SHARES
ओढारमा चार नाल भरुवा बन्दुक बरामद फाइल तस्बिर

काठमाडौँ– सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

ती बन्दुक कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित: ४ साउन २०८३ ९:०७ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast