परराष्ट्रमन्त्री खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता

हिमाल प्रेस ३२ असार २०८३ १८:२२ | Thursday, July 16, 2026
10
SHARES
परराष्ट्रमन्त्री खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्।

दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको कार्यकक्षमा भेटवार्ता भएको हो।

त्यस अवसरमा दुवै जनाबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले भेट ग।रेका छन्।

भेटमा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगतिबारे समीक्षा गर्दै प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई अगाडि बढाउने विषयमा विचारविमर्श भएको थियो।

नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने उपायबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३२ असार २०८३ १८:२२ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast