भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोट : ५ जनाको मृत्यु, १० घाइते

हिमाल प्रेस ४ साउन २०८३ १३:१८ | Monday, July 20, 2026
6
SHARES
भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोट : ५ जनाको मृत्यु, १० घाइते

भारतको पश्चिमी राज्य गुजरातको एक अवैध पटाका कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

स्थानीय प्रहरीकाअनुसार अहमदाबाद सहरमा सञ्चालित उक्त कारखानामा अचानक भएको विस्फोटपछि भीषण आगलागी भएको थियो। प्रहरीले उक्त पटाका निर्माण इकाई अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ।

विस्फोटको समयमा कारखानामा करिब १५ जना कामदार कार्यरत थिए। घटनामा घाइते भएका १० जनालाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थालाई दृष्टिगत गर्दै मृतकको संख्या बढ्नसक्ने चिकित्सकहरूले आशंका गरेका छन्। विस्फोटको वास्तविक कारण भने अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गरेका छन्।

 

प्रकाशित: ४ साउन २०८३ १३:१८ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast