ई–रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस २० असार २०८३ १५:४४ | Saturday, July 4, 2026
4
SHARES
ई–रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ- मोरङको लेटाङमा सिटी अटो (ई–रिक्सा) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका लेटाङ नगरपालिका–६ बस्ने ६० वर्षीय मुनराज लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पाल विराटनगरमा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका अटो चालक वीरबहादुर राई, अटोमा सवार स्थानीय २७ वर्षीया शान्ति राई र ५० वर्षीया अनु राई घाइते भएका छन्।

उनीहरूको लेटाङस्थित एपेक्स अस्तपालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०८३ १५:४४ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast