शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १५ साउन २०८३ ५:४७ | Friday, July 31, 2026
8
SHARES
शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्षको बैंक खातामा पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा कार्यक्रम सञ्चालनका लागि लिएको पेश्की रकममध्ये पाँच लाख रुपैयाँ उपाध्यक्षको खातामा जम्मा गरिएको र उक्त रकम घुसस्वरूप उपलब्ध गराइएको देखिएको आयोगले जनाएको छ।

आयोगले दुवै जनाविरुद्ध पाँच लाख रुपैयाँ बिगो, कैद, जरिवाना तथा रकम जफतको मागदाबीसहित मुद्दा दायर गरेको उसले जनाएको छ।

प्रकाशित: १५ साउन २०८३ ५:४७ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast