कांग्रेसमा एकता नभए शक्तिशाली बन्दैन : एनपी साउद

हिमाल प्रेस ६ साउन २०८३ १७:०५ | Wednesday, July 22, 2026
10
SHARES
कांग्रेसमा एकता नभए शक्तिशाली बन्दैन : एनपी साउद

काठमाडौँ- नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउद (एनपी) ले पार्टीभित्रका सबै पक्षबीच एकता कायम नभएसम्म कांग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने बताएका छन्।

बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकताबद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको धारणा राखे।

उनले संस्थापन इतर समूहमा रहेका नेताकार्यकर्ताहरू कसैका लास र दास नभएको पनि बताए।

प्रकाशित: ६ साउन २०८३ १७:०५ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast