गोरखा- मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्।
अजिरकोट गाउँपालिका-४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बिहीबार दिउँसो १:०० बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रकाशित: १ साउन २०८३ १३:२७ | Friday, July 17, 2026
प्रतिक्रिया

