मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

हिमाल प्रेस २ साउन २०८३ १९:५२ | Saturday, July 18, 2026
8
SHARES
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

काठमाडौँ- देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।

उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ।

उनले देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन्।

प्रकाशित: २ साउन २०८३ १९:५२ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast