भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ उपत्यकामा ‘ट्राभल अलर्ट’

हिमाल प्रेस २ साउन २०८३ २०:२७ | Saturday, July 18, 2026
18
SHARES
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ उपत्यकामा ‘ट्राभल अलर्ट’ फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भएसँगै बाढीपहिरो, डुबानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो।

सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो।

प्रकाशित: २ साउन २०८३ २०:२७ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast