सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

हिमाल प्रेस ११ साउन २०८३ २०:१६ | Monday, July 27, 2026
14
SHARES
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह मुख्यमन्त्री हिक्कमत कार्की

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिक अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ। यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा सम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीति दल, जनप्रतिनिधि र सञ्चारकर्मीमा हार्दिक अनुरोध गर्दछु।’

कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेको साथमा रहेको विश्वास दिलाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको उनले बताएका छन्।

उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन्।

प्रकाशित: ११ साउन २०८३ २०:१६ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast