काठमाडौँ- नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष केशव पराजुलीको निधन भएको छ ।फोक्सोको क्यान्सरसँग जुधिरहेका ५७ वर्षीया पराजुलीको शनिबार निधन भएको हो ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय पराजुलीको निधनले सिंगो पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका पूर्व अध्यक्ष हरि शर्माले जानकारी दिए ।
पराजुलीको सोमबार मात्र दाहसंस्कार गरिने भएको छ ।
पराजुलीका एक छोरी यूएई र अर्की जापानमा भएकाले छोरीहरू आएपछि मात्र दाहसंस्कार गरिने शर्माले जानकारी दिए ।
पराजुलीको शव पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।
प्रकाशित: २० असार २०८३ ११:२६ | Saturday, July 4, 2026
प्रतिक्रिया




