रास्वपा बागमती सभापतिमा उत्सव अर्याल, २ मतले हारे सांसद डा. अच्युतम लामिछाने

हिमाल प्रेस ३१ जेठ २०८३ ६:३९ | Sunday, June 14, 2026
20
SHARES
रास्वपा बागमती सभापतिमा उत्सव अर्याल, २ मतले हारे सांसद डा. अच्युतम लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी डा लामिछानेले ४१४ मत प्राप्त गरे।

प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो । तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए । सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा। अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरि बहादुर खत्री (रामेछाप) बिच प्रतिस्पर्धा भएको थियो । जसमा अर्यालले बाजी मारेका हुन् ।

केन्द्रीय संगठन विभाग उपप्रमुख श्रेष्ठका अनुसार सभापति पदको टुङ्गो लागे पनि अन्य पदाधिकारीहरूको चयनका लागि भने अहिले दोस्रो चरणको निर्वाचन प्रक्रिया चलिरहेको छ ।

प्रकाशित: ३१ जेठ २०८३ ६:३९ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast